समता माइक्रोफाइनान्सको अाईपिअो पुस १९ गतेबाट



काठमाडौं ११ पुस । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक सय अंकित दरका ९४ हजार आठ सय कित्ता सेयर निष्कासन गर्ने भएको छ । यसमध्ये एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीको लागि र ४ हजार ७ सय ४० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले ८८ हजार कित्ता सेयरको लागि मात्र आवेदन दिन पाउँने छन् ।

लगानीकर्ताले न्युनत्तम ५० देखि अधिकत्तम पाँच सय कित्ता सेयरको माग गर्न पाउँने छन् । सेयर निष्कासन खुला पुस १९ गतेदेखि शुरु भएर पुस २२ गतेसम्म हुनेछ । यो अवधिमा पनि सेयर बिक्री नभएमा माघ ४ गतेसम्म समय थपिने भएको छ ।

कम्पनीको सेयरको आवेदन फारम एनआइबीएल क्यापिटल लाजिमपाट, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालय, भिबोर क्यापिटल, सिआइबीएल क्यापिटल, गोर्खाज फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, सिनर्जी फाइनान्स, हाम्रो बिकास बैंक, साझा बिकास बैंक लगायतबाट पाइने छ । हाल दुई करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर जारीपछि यो पुँजी तीन करोड १६ लाख रुपैयाँ पुग्ने छ ।

कम्पनीले आगामी तीन वर्षमा चुक्ता पूँजी रकम शतप्रतिशत वृद्धि गर्ने प्रक्षेपण सार्वजनिक गरेको छ । यसोभएमा लगानीकर्ताले तीन वर्ष नपुग्दै एक सय प्रतिशतसम्म बोनस तथा हकवप्रद सेयर पाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेबारी लघुवित्त संस्थाहरुलाई दिन लघुवित्त संघ नेपालले

पहुँचका आधारमा डेपुटी गभर्नरको नियुक्ति प्रक्रिया टुंग्याउने तयारी

काठमाडौं । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले मंगलबारदेखि अवकाश पाएका छन् ।

मोलुङ्ग हाइड्रोले ३५ करोड ३१ लाख बराबरको आइपीओ निष्काशन गर्ने

काठमाडाै । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१

सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । आइतवारदेखि रोक्का रहेको सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार मंगलवार फुकुवा भएको