जनरल फाइनान्स पनि विद्युतीय चेक क्लियरिङ प्रणालीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनरल फाइनान्स पनि विद्युतीय चेक क्लियरिङ प्रणालीमा



काठमाडाै १२ पुस । बैंक वित्तीय संस्थाहरुलाई विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा आवद्ध गाउने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, जनरल फाइनान्स लिमिटेडसंग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्तक्षर गरेको छ ।

यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र जनरल फाइनान्स लिमिटेडका तर्पmबाट उप प्रमुख कार्यकारी अधिकृत श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा संचालनको लागि NCHL-ECC  प्रणाली उपलब्ध गराउने छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्भौतासँगै विद्युतीय चेक क्लियरिङ्ग प्रणालीमा आवद्ध हुने बैंक र वित्तीय संस्थाहरुको संख्या ११० पुगेको छ । नेपाल क्लियरिङ्ग हाउसले उक्त प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरुका २,८०६ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउदै आएको छ ।

प्रकाशित : १२ पुष २०७३, मंगलवार १०:५४