मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबार सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबार सम्झौता



काठमाडौं १२ पुस । मेगा बैंक र सम्सारा रेमिट प्रालिबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । मेगा बैंककी नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि सम्सारा रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, सम्सारा रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बैंकले जनाएको छ ।

सम्सारा रेमिटसँगको साझेदारीपछि विशेषगरि खाडी, जापान, युरोप, मलेसियाबाट रेमिट्यान्स कारोबार सहज हुने भन्दै मेगा बैंकले सम्सारा मनीग्रामको सुपर एजेन्ट भएका कारण सबै देशबाट रकम पठाउन मनीग्रामबाट आएको रकम पनि मेगा बैंकबाट भुक्तानी लिन सकिने बताइएको छ । मेगा बैंकको देशभर ४० वटा शाखा कार्यालय तथा देशभरि छरिएका १४ सय रेमिट एजेन्ट छन् ।

प्रकाशित : १२ पुष २०७३, मंगलवार १५:५३