महत्वकाँक्षी योजना सहित काठमाडौं क्यापिटल लिमिटेडको औपचारी शुभारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महत्वकाँक्षी योजना सहित काठमाडौं क्यापिटल लिमिटेडको औपचारी शुभारम्भ



काठमाडौं, १३ पुस  । विविध महत्वकाँक्षी योजना सहित काठमाडौं क्यापिटल लिमिटेडको औपचारी शुभारम्भ भएको छ । सय करोड पुँजी भएको काठमाडौं क्यापिटल लिमिटेडको मंगलवार उद्योग मन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रमका विच उद्घाटन गरेका थिए ।

एक अर्व पुँजी भएको उक्त कम्पनीमा हाल ७ जनाको संचालक समिती रहेको छ भने सर्वसाधारण शेयर जारी भएपछि सर्वसाधारण शेयर धनिबाट थप दुई जना संचालक समितीमा सदस्य थप गरिने बताइएको छ । २ सय ५६ जना संस्थापक शेयर धनि रहेको काठमाडौं क्यापिटल लिमिटेडले पुँजी बजारमा आफ्नो आगमन उत्पादन मुलक क्षेत्रमा लगानी र रोजगारी सृजना मार्फत राज्यलाई आर्थीक समृद्धीमा डोर्याउनका लागि भएको बताएको छ । उसले नेपालका खानीहरुको अनुसन्धान, उत्खनन, हाइड्रोपावर निमार्ण लगायत विभिन्न उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बताएको छ ।

चुक्ता पुँजी ३२ करोड रहेको उक्त कम्पनीले पहिलो बर्षमा शेयर धनिहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने र दोश्रो बर्ष ३० प्रतिशत लाभांश वितरण गर्ने लक्ष्य राखेको छ । नेपालमा लव्धप्रतिष्ठित व्यापारीहरु, बैंकर, सिए लगायतले उक्त कम्पनीमा लगानी गरेका छन् ।

कार्यक्रममा बोल्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले काठमाडांै क्यापिटल लिमिटेडले गाँउगाँउमा गएर सम्भावना भएका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा भएका पव्लिक इन्भेष्टमेन्ट कम्पनीले सहर कन्द्रीत भएर घर जग्गामा मात्र लगानी गरेको भन्दै यो कम्पनीलाई उत्पादनसिल क्षेत्रमा लगानी गर्न आग्रह गरे । देश र जनताको लागि काम गर्ने जो सुकै कम्पनीलाई पनि आफूले सहयोग गर्ने बताउँदै मन्त्री जोशीले कम्पनीको बारेमा सोच्न भन्दा देशको बारेमा सोचेर आफ्ना काम कारवाहीलाई अगाडी बढाउन अनुरोध गरे ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष जलेश्वर पाण्डेले सबै शेयर सदस्यहरुको भवना अनुसार, नियम कानुनमा रही देश र जनताको पक्षमा कम्पनीले काम गर्ने बताए ।

त्यस्तै, काठमाडौं क्यापिटल लिमिटेडले नेपालमा सम्भावना बोकेका क्षेत्रहरुमा लगानी गरि देशको सम्बृद्धी गर्न तिर अगाडी बढ्ने संचालक समितीका सदस्य दिपक पाण्डेले बताए । स्वागत मन्तव्य राख्दै उनले नेपाल सम्भावनको भुमि हो, ति सम्भावनाहरुलाई चिनेर उत्पादन मुलक क्षेत्रमा लगानी गर्नका लागि काठमाडौं क्यापिटल लिमिटेडको स्थापना भएको बताए ।

प्रकाशित : १३ पुष २०७३, बुधबार ११:५४