सेयर लगानीकर्ताको आन्दोलन सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयर लगानीकर्ताको आन्दोलन सुरु



काठमाडौं १३ पुस । सेयर बजारका लगानीकर्ताहरुले बुधबार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिव २ घण्टा धर्ना दिएका छन् । सेयर लगानीकर्ता संघको आयोजनामा बजार सुधारका विभिन्न ६ बुँदे माग राख्दै विहान १०ः३० बजेदेखि १२ बजेसम्म धर्ना दिएका हुन् ।

उनीहरुले उठाएका मागबारे दुवै निकायसँग धारणा मागिएको र सोही आधारमा आन्दोलनका थप कार्यक्रम तय गरीने बताइएको छ ।

संघले वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकर कम्पनीको विस्तार गर्नुपर्ने, अनलाइन ट्रेडिङको व्यवस्था हुनुपर्ने, गैर आवासीय नेपालीलाई बजारमा प्रवेशको वातावरण बनाउनु पर्ने लगायतका ६ बुँदे माग अघि सारेका छन् ।मागपत्र बुझ्दै नेप्सेका महाप्रबन्धक थपलियाले बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिने, ब्रोकरहरुलाई बाहिर पठाउने, अनलाईन कारोबार संचालन गर्ने लगायतका कुनै पनि कुरामा आफ्नो संस्था बाधक नभएको स्पष्ट पारे । उनले कसैको नाम नलिई नेप्सेलाई दोषी देखाउने र बदनाम गराउने पक्ष सक्रिय रहेको भन्दै त्यसो नगर्न चेतावनी पनि दिए ।

प्रकाशित : १३ पुष २०७३, बुधबार १०:०९