सुनको भाउ ४ सयले उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनको भाउ ४ सयले उकालो लाग्यो



काठमाडौं १४ पुस । सुनको भाउ उकालो लाग्ने क्रम बिहीवार पनि जारी छ । बुधवार तोलाको ४ सयले बढेको सुन आज पनि ३ सय रुपैयाँले उकालो लागेको छ ।

बिहीवार सुनको भाउ ५२ हजार ७ सय पुगेको छ । बुधवार सुन तोलाको ५२ हजार ४ सयमा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी तोलाको ७ सय ६५ मा किनबेच भएको छ । मंगलवार चाँदीको भाउ ७ सय ६० तोकिएको थियो ।

प्रकाशित : १४ पुष २०७३, बिहीबार ०५:४८