नेपाल बङ्गलादेश बैंकले २ नयाँ शाखा संचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बङ्गलादेश बैंकले २ नयाँ शाखा संचालनमा



काठमाडौं, १४ पुस  । नेपाल बङ्गलादेश बैंकले दुई नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले ३७ औं शाखा कचंनपुर जिल्लाको झलारी पिपलडाँडी न.पा. वडा नं. १० मा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक दीपक कार्कीले गरेका हुन् ।

त्यस्तै बैंकले ३८ औं शाखा रुकुम जिल्लाको मुसिकोट १— खलङ्गामा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक माधव प्रसाद न्यौपानेले गरेका हुन् ।

मुसिकोट शाखा सहित बैंकले ३८ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३६ वटा एटिमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

बैंक को आव २०७३/७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब, कुल कर्जा ३४.२७ अर्ब रहेको जनाएको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.२२.५० करोड रहेको छ ।

प्रकाशित : १४ पुष २०७३, बिहीबार ११:१३