नेपाल लाइफलाई ३०.९६ लाख कित्ता एफपीओ ल्याउन धितोपत्र बोडको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाइफलाई ३०.९६ लाख कित्ता एफपीओ ल्याउन धितोपत्र बोडको अनुमति



काठमाडाै १४ पुस । नेपाल लाइफले ३० लाख ९६ हजार कित्ता एफपीओ प्रिमियम मूल्यसहित प्रति कित्ता १ हजार ४ सय २५ रुपैयाँमा निश्कासनको अनुमति पाएको छ। बिहिबार धितोपत्र बोडले निश्कासनको अनुमति दिएको हो ।

२०७३ जेठ ७ गते सम्पन्न यो बिमा कम्पनीको १६ औं वार्षिक साधारणसभाले ३० लाख ९६ हजार कित्ता सेयरको एफपीओ गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसपछि उसले नेपाल धितोपत्र बोर्ड असोज ६ गते एफपीओ निश्कासनको अनुमति माग्दै पत्राचार गरेको थियो ।

कम्पनीको २ सय २४ औं बोर्ड बैठकले एफपीओ निश्कासनको निर्णय गर्दै आफूूखुशी प्रति कित्ता मूल्य प्रिमियमसहित २ हजार ९ सय ५१ रुपैयाँ तोकेको थियो । तर यो कम्पनीले मनलागी एफपीओ मूल्य तोकेको र नियामकको अनुमतिबिना नै प्रति इकाई प्रिमियम मूल्य तोकिएको भन्दै धितोपत्र बोर्डले जेठ २८ गते नेपाल लाइफको कारोबार निलम्बन गरेको थियो ।

बोर्डका एक अधिकारीका अनुसार कुनै पनि कम्पनीको एफपीओ मूल्य कम्पनीको विगत, वर्तमान र भविष्यको बजार मूल्यको समग्र अध्ययन र विश्लेषणबाट मात्र गर्ने चलन छ । कुनै पनि कम्पनीले एफपीओ जारी गर्नुअघि पूँजीगत आम्दानी, प्रति सेयर नेटवर्थ, १८० दिनको औसत बजार मूूल्य र वर्तमानको सेयर मूल्यका आधारमा भविष्य नगद प्रवाह हुनसक्ने संभावना लगायतका आधारहरुलाई टेकेर मूल्य तोक्नुपर्ने नियम छ । यिनै आधारहरुको गणना तथा विश्लेषण गरी कुनै पनि कम्पनीको एफपीओ मूल्य तोकिन्छ ।

नेपाल  लाइफका एक अधिकारीका अनुसार उसको एफपीओ निश्कासन तथा व्यवस्थापनमा सिद्धार्थ क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ ।

नेपाल लाइफले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८९ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी २ अर्ब १६ करोड रुपैयाँ छ । एफपीओपछि चुक्तापूँजी २ अर्ब ४७ करोड पुुग्नेछ।

प्रकाशित : १४ पुष २०७३, बिहीबार ११:२८