मन्त्रिपरिषद बैठकः इन्जिनियरलाई ७५ प्रतिशतसम्म भत्ता



काठमाडौं, १४ पुस । सरकारले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणका लागि खटिएका इन्जिनियर तथा प्राविधिकहरुलाई ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सदरमुकाममा खटिनेलाई ५० प्रतिशत र सदरमुकामबाहिर ग्रामीण क्षेत्रमा खटिनेलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले भूकम्पबाट क्षति भएको माथिल्लो त्रिशुली आयोजनाको पुनर्निर्माण र सरसफाई गर्न ६१ करोड १८ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

पोखराको खानेपानी सुधार गर्न पोखरा खानेपानी सुधार आयोजनालाई ४ अर्ब ४३ करोड रुपैयाँ अनुदान दिने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

बैठकले एसियाली विकास बैंकले प्राविधिक शिक्षामा खर्च गर्न दिने भनिएको २ अर्ब १२ करोड रुपैयाँ सहयोग स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली सेनाका प्रमुख सेनानी रविन्द्र केसीलाई महासेनानीमा बढुवा गरेको छ भने प्रेस काउन्सिलको रिक्त सदस्यमा नवलकिशोर यादव र संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस

काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार

राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

ओलीको निर्णय सर्वाेच्चद्वारा बदर

काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन