एनसीसीले आइतबारदेखि एकीकृत कारोबार थाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनसीसीले आइतबारदेखि एकीकृत कारोबार थाल्ने



काठमाडौं १५ पुस । लामो रस्साकस्सी पछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)ले आइतबारदेखि एकीकृत कारोबार थाल्ने भएको छ । एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक आपसमा गाभिएर आइतबारदेखि एकीकृत कारोबार थाल्न लागेका हुन  ।

लामो अड्चनपछि समस्या समाधान गरी आइतबारदेखि एकीकृत कारोबार गर्न बाटो खुला भएको हो । नेपाल राष्ट्र बैंकले मंसिर २० मा एकीकृत कारोबार गर्न अनुमति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले पुस १४ मा मात्र अनुमति दिएको हो ।

कम्पनी रजिष्ट्रार कार्यालयको अनुमति पाउने बित्तिकै एनसीसीसहितका मर्जमा गएका सबै बैंकले एकीकृत कारोबार गर्ने सार्वजनिक जानकारी गराएका हुन् । अब नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) को नामबाट आइतबारदेखि बैंकिङ कारोबार सुरु हुनेछ ।

प्रकाशित : १५ पुष २०७३, शुक्रबार ०६:१२