मलेसियामा कार्यरत कामदारले तिर्दै आएको लेबी अब तिर्नु नपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मलेसियामा कार्यरत कामदारले तिर्दै आएको लेबी अब तिर्नु नपर्ने



काठमाडौं,  १६ पुस । मलेसियामा कार्यरत आप्रवासी कामदारले तिर्दै आएको लेबी अब तिर्नु नपर्ने भएको छ । यहाँका रोजगारदाता कम्पनीले तिर्नु पर्ने भएको छ । शनिबार गृहमन्त्री अहमद जहिद हमिदीले विदेशी कामदारको लेबी शुल्क अबदेखि रोजगारदाता कम्पनीले नै तिर्नुपर्ने भन्दै कामदारको तलबबाट उक्त शुल्क कटौती नगर्न रोजगारदातालाई निर्देशन दिएका छन् ।

यहाँको सरकारले यो नियम नयाँ वर्षका सुरुवात सन् २०१७ जनवारी १ बाट लागु गर्ने भएको छ । गृहमन्त्रीको निर्देशन अनुसार आइतबार बाटै यो नियम लागुहुने त्यहाँस्थित सञ्चार माध्यमले बताएका छन् ।

गृहमन्त्री अहमदको उक्त निर्देशनसँगै मलेसियामा रहेका ५ लाख बढी नेपाली कामदारलाई लाभान्वित हुनेछन् । मलेसियामा कार्यरत नेपाली श्रमिकले विभिन्न क्षेत्रमा काम गरे बापत वर्षको १८ सय देखि दुई हजारसम्म लेबी बुझाउनुपर्छ । अघिल्लो वर्षमात्र मलेसिया सरकारले यहाँ कार्यरत आप्रवासी श्रमिकको लेबी शुल्क दोब्बर वृद्धि गरेको थियो ।

प्रकाशित : १७ पुष २०७३, आईतवार ०२:५८