‘नेपाल भ्रमण वर्ष–युरोप २०१७’ को घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘नेपाल भ्रमण वर्ष–युरोप २०१७’ को घोषणा



काठमाडौं, १७ पुस  । नेपाल पर्यटन बोर्डले युरोपका पर्यटक लक्षित गरी ‘नेपाल भ्रमण वर्ष–युरोप २०१७’ को घोषणा गरेको छ । बोर्डको १८औं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरिएको नेपाल भ्रमण वर्ष–युरोपबाट युरोपेली पर्यटकको बृद्धि ३० प्रतिशतले बढाउने लक्ष्य लिइएको छ ।

शनिबार बोर्डमा आयाजित कार्यक्रममा पर्यटनमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा वरिष्ठ पर्यटन व्यवसायीद्धय कर्ण शाक्य र अम्बिका श्रेष्ठले यो अभियानको लोगो सार्वजनिक गरे ।

अभियानको विधिवत् उद्घाटन आगामी मार्चमा लन्डनमा गरिने बोर्डले जनाएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०१८ को प्रबद्र्धनका लागि त्यसको तयारीकारुपमा नेपाल भ्रमण वर्ष–युरोप घोषणा गरिएको बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए ।

प्रकाशित : १७ पुष २०७३, आईतवार ०५:२७