नेपाल कृषि सहकारी केन्द्रीय संघमा १९ जनालाई रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल कृषि सहकारी केन्द्रीय संघमा १९ जनालाई रोजगारीको अवसर



काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघले विभिन्न पदका लागि १९ जना कर्मचारी माग गरेको छ । संघले आज एक विज्ञापन जारी गर्दै १४ पदका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।

संघले सहकारी, लेखा, प्रशासन र अनुगमन विज्ञ, बरिष्ठ कार्यक्रम प्रबन्धक, दशौं तह(प्रस्तावाना लेखा, प्रतिवेदन लेखन र अन्तर्राष्ट्रिय सम्बन्ध), कार्यक्रम प्रबन्धक(नवौं तह), सह कार्यक्रम प्रबन्धक वित्त विज्ञ (आठौं तह), कार्यक्रम अधिकृत कृषि विज्ञ(सातौं तह), आईटी इन्जिनियर(सातौं तह) पदका लागि संघले १/१ जना कर्मचारी माग गरेको छ ।

संघले कार्यक्रम अधिकृत (प्रदेश समन्यवयकर्ता)अधिकृत(सातौं तह) पदका लागि ३ जना, तालिम अधिकृत (छैटौं तह), सूचना तथा तथ्यांक सहायक (पाचौं तह) र जेटिए(पाचौं तह) पदका लागि १/१ जना कर्मचारी माग गरेको छ ।

संघले साना किसान सहकारी अनुसरण सहायक(पाचौं तह) पदका लागि ३ जना, जेटिए(चौथौं तह) पदका लागि २ जना र रिसेप्सनिस (चौथौं तह) (महिला) पदका लागि १ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले मंसिर ६ गतेसम्म आवेदन दिन सक्ने संघले जनाएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघमा दरखास्त दिन सकिनेछ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, तालिम तथा अनुभव खुल्ने प्रमाणपत्रका प्रतिलिपिहरु र हालसालै खिचिएको फासपोर्ट साइजको फाटो र दरखास्त ५०० रुपैयाँको भौचर संकलन गरी आवेदन दिनुपर्ने संघको विज्ञापनमा उल्लेख छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार १२:४२