एनसीसी बैंकको एकीकृत कारोबार आजदेखि शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसीसी बैंकको एकीकृत कारोबार आजदेखि शुरु



काठमाडौं, १७  पुस । चारवटा ठूला विकास बैंकहरुलाई आफुमा गाभेको एनसीसी बैंकको आज आइतबारदेखि एकीकृत कारोबार शुरु गरेको छ । एनसीसीमा गाभिनेमा ईन्फ्रास्ट्रक्चर डेभपमेन्ट बैंक, ईन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक रहेका छन् ।

राष्ट्र बैंकले गत मंसिर २० गते एकीकृत कारोबार गर्न अनुमति दिएको थियो । तर कम्पनी रजिष्ट्रारको कार्यालयले एनबी समूहले हालेको मुद्धालाई कारण देखाउँदै एकीकृत कारोबारको स्वीकृति दिएको थिएन । मर्जरको क्रममा तयार पारिएको सम्पति तथा दायित्वको मूल्यांकन प्रतिबेदन (डीडीए) बिरुद्ध एनबी समूले मुद्धा हालेको थियो ।

कम्पनी रजिष्ट्रारले पुस १४ गते पाँच वटै संस्था एक भएको जनाउँदै एकीकृत कारोबारको स्वीकृति दिएपछि पुस १७ गतेदेखि संयुक्त बित्तीय कारोबार हुन लागेको हो । लामो समयको विवाद समाधान गरी आजदेखि एकीकृत कारोबार थालेको हो ।

पाँच वटै संस्थाको कारोबार एकीकृत गर्न र सफ्टवेयर मिलाउन पुस १५ र १६ गते पाँच वटै बैंकका शाखाहरुबाट कुनै पनि सेवा सञ्चालन भएन ।

प्रकाशित : १७ पुष २०७३, आईतवार ०५:५१