चन्द्रागिरि जादै हुनुहुन्छ ? यी स्थानामा पाइन्छ अब निःशुल्क बस



काठमाडौं १७ पुस । चन्द्रागिरि घम्न जान अब निःशुल्क बस सेवा पाइने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा ४२ सिट क्षमता भएको निशुल्क बस सेवाको शुरुवात गरेका हुन् ।

बस प्रत्येक दिन बिहान ७ः३० बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँ बसपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातटोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरि केबलकार पुग्ने छ ।

निशुल्क बस सेवाको शुरुवातले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई सहज हुने ढकालले बताए । कम्पनीका संचालक अम्बिका प्रसाद पौडेलले चन्द्रागिरि क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारणसभा, एफपिओ निष्कासन गर्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ

गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास

सुनको मूल्य घट्यो

काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार

चिकित्सकले तोके स्वास्थ्य परिक्षणको शुल्क

काठमाडौँ। अस्पतालको बहिरङ (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन