रातको समयमा भुलेर पनि नगर्नुस् यी १० गल्ति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

रातको समयमा भुलेर पनि नगर्नुस् यी १० गल्ति



रातको समयमा सुत्नु अघि गरिने केहि गल्तिको कारण पनि हाम्रो तौल बढ्न सक्छ । तल पढ्नुहोस् सुत्नु अघि हुने १० गल्ति जसको कारण हाम्रो सरिरको तौल बढ्न सक्छ । स्वभाविक तौल हुनु स्वास्थ्यको लागि राम्रो हो तर सामान्य भन्दा बढी तौल बढ्नु स्वास्थ्यको लागि निकै नराम्रो हो त्यसैले तलको टिप्स तपाईलाई फाइदा दायक छ ।

१। सुत्नु अघि धेरै पानी पिउने बानी नगर्नुस्
२। रातको समयमा चर्को लाइट बालेर नसुत्नुस अन्यथा मेलाटानिन् हर्मनको ह्रास आउँछ । यसको कारण पछि(पछि निन्द्रा नलाग्ने समस्या आउनुको साथै तौल पनि बढ्छ ।
३। धेरै समय जागै बस्दा पनि सरिरको तौल बढ्छ ।
४। सुत्दा आफुलाई सजिलो लाग्ने कपडा लगाएर सुत्ने बानी गर्नुस् । अफ्ट्यारो कपडामा सुत्दा बढी चालिन्छ जसको कारण निन्द्रा डिस्टर्ब हुन्छ । यसले तौल बढाउने हर्मोनको मात्रामा बृद्दी गर्छ ।
५। यदी कोठामा एसी वा पंखा लगाएर सुत्ने बानी छ भने ध्यान दिनुस् गलत तापक्रमले पनि तौल बृद्दी गराउँछ । बढी गर्मी हुँदा फ्याट बर्न गर्ने हर्मोनको लेवल कम हुन्छ र तौल बढ्न सक्छ ।
६। सुत्नु अघि चिया वा कफी पिउने बानी नगर्नुस् ।
७। सुत्नु अघि कसरत नगर्नुस् । कसरत गर्नु छ भने सुत्नुभन्दा १र२ घण्टा अघि नै गर्नुस् ।

८। बढी क्यालरी भएको खाना नखानुस । बिशेष गरि मोटा व्यक्तिहरुले बेलुकाको खानामा चामल, आलु नखानु राम्रो हुन्छ ।
९। बेलुकाको खाना सुत्नु भन्दा २ घण्टा अघिनै खानु राम्रो हुन्छ ।
१०। सुत्नु अघि रक्सि वा बियर पिउने बानी छ भने त्याग्नुस । बियर पिउँदा मोटाइन्छ भन्ने मान्यता छ तर बास्तबिकता के हो भने बियर वा रक्सिको कारण मानिसको निन्द्रामा असर पर्छ, जसको कारण तौल बढ्छ ।

प्रकाशित : १७ पुष २०७३, आईतवार १५:३६