खुल्यो कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खुल्यो कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद



काठमाडौं, १८ पुस  । कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकको हकप्रद आज पुस १८ देखि खुला गरेको छ । बैंकको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको हो ।

कहाँ-कहाँबाट दिने आवेदन

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका विभिन्न सात शाखा तथा कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १८ पुष २०७३, सोमबार ०७:३७