सोलुखुम्बुको सल्लेरीमा एटिएम सेवा सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सोलुखुम्बुको सल्लेरीमा एटिएम सेवा सुरु



काठमाडाै १८ पुस । राष्ट्रिय वाणिज्य बैंक सोलुखुम्बु शाखा कार्यालयले सदरमुकाममा एटिएम सेवा सुरु गरेको छ ।  यसअघि कुनै पनि बैंकले एटिएम प्रयोगमा नल्याएको अवस्थामा बैंकले सदरमुकाममा आजबाट एटिएम सेवा सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सो सेवा शुभारम्भ गर्नुभयो । एटिएम कार्डको प्रयोगबाट रु दुई लाखसम्म झिक्न मिल्ने र सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म उपलब्ध हुने सो शाखाका निमित्त प्रमुख भावना फुयाँलले जानकारी दिनुभयो ।

जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयका साथै सर्वसाधारणको बैंकीङ कारोबारका कारण रकम झिक्न घन्टौँ लाइन लाग्नुपर्ने अवस्था अब कम हुने निमित्त प्रमुख फुयाँलले बताउनुभयो ।

प्रकाशित : १८ पुष २०७३, सोमबार ०७:५६