डोटीका भुकम्पपिडितलाई राहात सामाग्री सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

डोटीका भुकम्पपिडितलाई राहात सामाग्री सहयोग



काठमाडाैं । गैरआवासीय नेपाली संघको आयोजना तथा सहयोग तथा कैलाली उद्योग बाणिज्य संघ र डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटिका भुकम्प पिडितलाई राहात सामाग्री वितरण गरी सहयोग गरिएको छ गत २०७९ कार्तिक १३ गते विहान २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्र विन्दु बनाई आएको भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु, ८ जना घाईते, २८ घरपरिवार विस्थापित भएको जानकारी प्राप्त भएको थियो ।

जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको हो र बाँकी अन्य ठाउँमा वितरण गर्ने कार्य जारी छ ।

उक्त ठाउँमा भुकम्पमा परेर जनधनको क्षति भएपछि एनआरएनएले धनगढी उद्योग वाणिज्य संघ र डोटि उद्योग वाणिज्य संघ संगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्रदेश महासचिवलाई राहात सामाग्री हस्तान्तरण गरेको हो ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलवार ११:१५