सानिमा बैंकले पुस २९ बाट एकीकृत कारोबार थाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकले पुस २९ बाट एकीकृत कारोबार थाल्ने



काठमाडौं, १८ पुस । बाग्मती डेभलपमेन्ट बैंकलाई एक्वाएर गर्न सानिमा बैंकलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत दिएको छ । राष्ट्र बैंकले अन्तिम स्वीकृत दिएसँगै सानिमाले पुस २९ बाट एकीकृत कारोबार थाल्ने भएको छ ।

दुई बैंक मर्जपछि बैंकको नाम सानिमा बैंक लिमिटेड नै रहनेछ । बैंकको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा नै रहने भएको छ ।

सानिमाको चुक्तापूँजी ५ अर्ब २७ करोड रहेको छ भने बाग्मती डेभलपमेन्ट बैंकको ६ करोड ५५ लाख रहेको छ ।

प्रकाशित : १८ पुष २०७३, सोमबार ०९:१७