चार कम्पनीका दुई करोड ९९ लाख कित्ता वोनस शेयर सूचीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चार कम्पनीका दुई करोड ९९ लाख कित्ता वोनस शेयर सूचीकरण



काठमाडौं १८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार चार कम्पनीका दुई करोड ९९ लाख कित्ता वोनस शेयर सूचीकरण भएको छ। नेप्सेमा दुई बाणिज्य बैंक, एक विकास बैंक र एक जलविद्युत कम्पनीको सेयर सुचीकरण भएको हो।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको १ करोड ४९ लाख कित्ता, नबिल बैंकको १ करोड ४२ कित्ता शेयर सुचीकरण भएका छन्। अपि पावरको ५ लाख कित्ता र कन्ट्री डेभलपमेन्ट बैंक लिमिटेडको २ लाख ४१ हजार कित्ता बोनस शेयर सूचीकरण भएका हुन्। सुचीकृत कम्पनीको सेयर अर्को साताबाट कारोबार हुन्छ।

प्रकाशित : १८ पुष २०७३, सोमबार ०९:४६