पुस २७ देखि नेपाल लाईफ ३१ लाख कित्ता साधारण सेयर निश्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुस २७ देखि नेपाल लाईफ ३१ लाख कित्ता साधारण सेयर निश्काशन गर्ने



काठमाडाै १८ पुस । नेपाल लाईफ ईन्स्योरेन्सले यही पुस २७ गतेबाट ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलले मंगलबार आइपिओ बिक्रीका लागि आह्वानपत्र निष्कासन गरिने जानकारी दिएको छ ।

नेपाल लाईफले प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय फेस भ्यालुमा १३२५ रुपैयाँ प्रिमियम थपेर एफपीओ निश्काशन गर्न लागेको हो ।

कम्पनीको १६ औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण शेयर निष्कासन गर्न लागेको हो ।

प्रकाशित : १८ पुष २०७३, सोमबार १०:५९