वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकको यस्ता छन याेजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकको यस्ता छन याेजना



काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले साप्ताहिक रुपमा आफ्नो वार्षिकोत्सव मनाउने भएको छ । बैंकले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गरको छ । बैंक प्रांगणमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बैंक अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले वार्षिकोत्सवको अवसरमा आगामी शनिबार वाकाथुन पनि आयोजना गर्दैछ ।


बैंकले नाफा कमाउने उद्देश्यसँगै सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै लिएर जाने बैंक अध्यक्ष चन्द्र ढकालले जानकारी दिएका छन् ।

१९ औं वाणिज्य बैंकको रुपमा स्थापना भएको यस बैंकको शाखा संजाल ९१ शाखा, ४४ स्थानमा शाखा रहित बैंकिङ्ग, ६ वटा एक्सटेन्सन काउण्टर र १०३ एटिएम संचालनमा रहेको छ ।

बैंकले हालसम्म ८४ अर्ब रुपैयाँ भन्दा बढि निक्षप संकलन गरेको छ भने ७० अर्ब रुपैयाँ भन्दा बढि कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : १८ पुष २०७३, सोमबार १५:५६