सुनको मुल्यमा सामान्य बृद्धि, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य बृद्धि, कति पुग्यो तोलाको ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १०० सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार १०० सय रुपैयाँ कायम भएको हो ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएकोमा शुक्रबार ५ रुपैयाँले घटेर १२ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार ११:५३