जीवन बीमाको पहुँच ४३.६२ प्रतिशत जनसंख्यामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

जीवन बीमाको पहुँच ४३.६२ प्रतिशत जनसंख्यामा



काठमाडौं । असोज मसान्तसम्ममा जीवन बीमाको पहुँच ४३.६२ प्रतिशत जनसंख्यामा पुगेको छ। बीमा प्राधिकरणका अनुसार आर्थिक वर्षको असोज मसान्तसम्म म्यादि, लघु म्यादि र बैदेशिक रोजगार जीवन बीमालेख सहित बीमाको पहुँच ४३.६२ प्रतिशत पुगेको हो ।

गत आर्थिक बर्षको सोहि अवधिमा २८.८१ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । त्यस्तै, असोज मसान्तसम्म कुल जीवन बीमालेख ५४.१० प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्याङक अनुसार गत वर्षको असोजमसान्तसम्म कुल बीमालेख सङ्ख्या ९ लाख ९ हजार २७७ रहेकोमा यस वर्षको सोही अवधिमा १ करोड ३८ लाख ८३ हजार २५६ पुगेको छ ।

त्यस्तै, बैदेशिक रोजगार बीमा सङ्ख्यामा पनि यस वर्ष ११३.३४ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको असोज मसान्तसम्म ५ लाख ४७ हजार ६०१ बीमालेख रहेकोमा यस वर्ष बढेर ११ लाख ६८ हजार २७३ पुगेको छ ।

म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख सङ्ख्यामा पनि ५०.२७ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा जीवन बीमालेख सङ्ख्या ५४ लाख १५ हजार ५९२ पुगेको छ भने म्यादी र लघु म्यादी जीवन बीमालेखको सङ्ख्या ७२ लाख ९९ हजार ३९१ पुगेको छ ।

कुल निर्जीवन बीमालेख संख्या ५.६८ प्रतिशतले घटेर ६ लाख ८९ हजारमा झरेको छ । गत बर्षको असोज मसान्तसम्म ७ लाख ३० हजार पुगेको थियो ।

साथै, यस अवधिमा कुल बीमा शुल्क संकलन पनि २.६२ प्रतिशतले घटेको छ । गत वर्ष असोज मसान्तसम्म ४७ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन भएकोमा यस वर्ष ४६ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।

यस अवधिमा म्यादी, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको सङ्ख्या ५१ लाख ४४ हजार ८१२ रहेको छ । त्यस्तै, पाँच प्रतिशत घटाएर लिएको म्यादी जीवन बीमालेख सहितको सङ्ख्या १ करोड २० लाख ७९ हजार रहेको छ ।

प्राधिकरणको तथ्याङक अनुसार बीमा कम्पनीहरूको कार्यालयको सङ्ख्या ५.०३ प्रतिशतले बढेर ३ हजार ३६० पुगेका छन् । त्यस्तै, यस अवधिमा बीमा कम्पनीका कर्मचारीको सङ्ख्या पनि ११.५५ प्रतिशतले बढेर ११ हजार ८५२ जना पुगेका छन् ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार १७:१४