प्रथम त्रैमासमा वैदेशिक रोजगार बीमालेखबाट ८२ करोड बीमाशुल्क संकलन, कसको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

प्रथम त्रैमासमा वैदेशिक रोजगार बीमालेखबाट ८२ करोड बीमाशुल्क संकलन, कसको कति ?



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरूको वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट संकलन हुने बीमाशुल्क बढेको छ । बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको असोज महिनासम्ममा ११ कम्पनी मध्ये १० जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्रीवापत जम्मा ८२ करोड ६९ लाख ९० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

असोज महिनामा मात्र वैदेशिक रोजगार बीमाबाट २६ करोड ४६ लाख ३४ हजार रूपैयाँ संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको भदौ महिनामा कम्पनीहरूले ३२ करोड ७८ लाख ६ हजार रूपैयाँ संकलन गरेका थिए ।

त्यसैगरी, कम्पनीहरूले असोजमहिनामा ६३ हजार ६५६ वटा बीमालेख जारी गरेका छन् । कम्पनीले उक्त म्यादी बीमालेख भदौ महिनामा ७९ हजार ८६६ वटा जारी गरेका थिए । प्राधिकरणको तथ्याङक अनुसार असोज महिनासम्ममा सबैभन्दा बढी सन नेपाल लाइफले ३८ करोड ४० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सले १४ करोड २३ लाख रूपैयाँ, ज्योति लाइफले ९ करोड ८५ लाख रूपैयाँ, सानिमा लाइफले ६ करोड ९ लाख रूपैयाँ, सिटिजन लाइफले ५ करोड ७५ लाख रुपैंया, रिलायबल नेपाल लाइफले ३ करोड ४५ लाख रूपैयाँ, आइएमई लाइफले ३ करोड २७ लाख रूपैयाँ , नेपाल लाइफले एक करोड ३३ लाख रुपैंया, नेशनल लाइफले २२ लाख ७६ हजार रुपैंया र सबैभन्दा कम प्रभु लाइफले ६ लाख २० हजार रूपैयाँ संकलन गरेको छ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार १४:५६