प्राइम कमर्सियल बैंकले २३ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम कमर्सियल बैंकले २३ प्रतिशत बोनस शेयर दिने



काठमाडौं, १९ पुस  । प्राइम कमर्सियल बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले आगामी माघ १२ गते हुने नवौं साधारणसभामा उक्त बोनसको प्रस्ताव लैजाने भएको छ । बैंकले लगानीकर्तालाई २३ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ करोड ४५ लाख ५३ हजार १७५ रुपैयाँ पनि नगद लाभांश पनि दिने भएको छ ।

त्यस्तै सभाले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक खरिदका लागि स्वीकृत दिने र स्वाप रेसियो पनि तय गर्ने छ ।

बैंकको उक्त साधारणसभा प्रयोजनका लागि पुस २८ गते देखि माघ १२ गतेसम्म शेयरधनी पुस्तिका बन्द रहनेछ । बैंकको २३ प्रतिशत बोनस शेयर खानका लागि पुस २७ गतेसम्म शेयर खरिद गर्नुपर्नेछ ।

प्रकाशित : १९ पुष २०७३, मंगलवार ०९:४५