आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

आईएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा



आईएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशत नगद लाभांश गरि कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूंजी एक अरब सत्तरी करोड सोह्र लाख एकाउन्न हजार चार सय बीस रूपैयाको ६.५० प्रतिशतका दरले हुन आउने एघार करोड छ लाख सात हजार तीन सय बयालीस रुपैया र तीस पैसा बरावरको बोनस शेयर एवं उक्त वोनस शेयरमा लाग्ने कर वापत चुक्ता पूंजीको ०.३४ प्रतिशतले हुन आउने रकम अन्ठाउन लाख एक्काइस हजार चार सय उनान्चालिस रुपैया र पाँच पैसा नगद लाभांश सहित जम्मा ६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार १२:५६