एसबिआईको एफपिओमा कति पर्यो आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एसबिआईको एफपिओमा कति पर्यो आवेदन ?



काठमाडाै १९ पुस । एसबिआई बैंकले गत सोमबार देखी जारी गरेको ६७ हजार ७ सय ६८ कित्ता फर्दर पब्लिक अफरिङ (एफपिओ) मा ७२.९४ गुणा बढी आवेदन परेको छ। बैंकले ९ सय ७१ रुपैयाँमा (८ सय ७१ प्रिमियम मूल्य) एफपिओ जारी गरेको थियो।

६ करोड ५८ लाख रुपैयाँ बराबरको एफपिओ आवेदन माग गरिएकोमा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको आबेदन परेको एसबिआई बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेले जानकारी दिए।

३ अर्ब ८८ करोड ३७ लाख चुक्ता पूँजी रहेको एसबिआईको एफपिओ सूचीकरणपछि ३ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी पुग्ने छ।

प्रकाशित : १९ पुष २०७३, मंगलवार १३:०३