दुई पाङ्ग्रे विद्युतीय सवारी साधनमा आकर्षण : हर्बिन र मिकु ब्राण्ड धेरैको रोजाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

दुई पाङ्ग्रे विद्युतीय सवारी साधनमा आकर्षण : हर्बिन र मिकु ब्राण्ड धेरैको रोजाइ



काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीसाधनमा मानिसहरुको रुचि बढ्दै गएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा विशेष व्यवस्था गरेको छ । देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

पेट्रोल प्रयोग हुने सवारी साधनको तुलनामा १५ गुणाभन्दा बढी सस्तो पर्ने इलेक्ट्रिक स्कुटर तथा बाइकको प्रयोगमा पछिल्लो समय मानिसहरुको रुचि देखिन थालेको छ । प्रयोगकर्ताको रुचि बढेसँगै विभिन्न प्रकारको ब्राण्डमा बाइक तथा स्कुटरहरु पनि नेपाल भित्रिन थालेका छन् ।

पेट्रोलबाट चल्ने सवारी साधन तथा विद्युतीय सवारी साधनमा सुरुको लागतदेखिनै फरक रहेको हर्बिन शोरुमका सञ्चालक श्याम सापकोटा बताउछन् । उनले विद्युतीय स्कुटर भनेको २५ रुपैंयामा चार्ज गरेर १५० किलोमिटरसम्म चलाउन सकिन्छ । तर, त्यहि पेट्रोलबाट चल्ने साधनको मुल्य एक लिटरमा करिब ३५ किलोमिटर चलाउन १८५ रुपैंया तिर्नुपर्ने उनले बताए ।

त्यसका साथै, पेट्रोलवाला साधनको नियमित मर्मत गरिराख्नु पर्ने भएकोले मर्मत लागतमा बढी खर्च हुने तर यहि मर्मतका लागि विद्युतीय सबारीमा त्यस्तो नियमित गरिरहन नपर्ने उनको भनाई छ । उनका अनुसार, पहिला विद्युतीय सवारीमा लाग्ने करमा पेट्रोलको भन्दा सहज र सुलभ शुल्क रहेको थियो । तर, अहिले करमा सहज नभएकाले दुबैमा त्यति फरक मूल्य नभएको सापकोटाले बताए ।

उनले भने, ‘गाडीको तुलना गर्दा चेन गाडीको करमा २० हजार बढी खर्च पेट्रोलमा लाग्ने गरेको छ भने, विद्युतिय गाडीमा निकै कम रहेको छ । मैले बेच्ने गाडीमा ५००० हजार कर तिरे पुग्छ, अरु चेन गाडीको २५ हजार कर तिर्नुपर्छ ।’

जसले गर्दा करमा केही बचत हुने गरेकोमा बाग्मती प्रदेश भएपछि करमा तीन हजार रुपैंया देखिनुपर्ने भन्दै कर तिर्न चेन गाडी र विद्युतीइ गाडीमा फरक नभएको उनले बताए । त्यसैगरी, विद्युतीय साधनको ब्याट्रिमा डिलरले बुझाउनमा कन्च्युसाइ गर्ने र ग्राहकहरुले पनि नबुझि जथाभाबी चलाउनाले ब्याट्री चाडै फेर्नुपर्ने भएको उनको बुझाई छ । उनले भने, ‘५ बर्ष चलाएर त्यसको मुल्य पेट्रोलवालासंग तुलना गर्दा विद्युतिय साधन किन्न लाग्ने खर्च उठाइसकेका हुन्छन् ।’

बैक तथा वित्तिय संस्थाले लोन पनि नदिने र ब्याजदरपनि एकदमै महंगो भएकोले पुरै पैसा तिरेर सवारीसाधन खरिद गर्न सकिने र यदि पुरै पैसा तिरेर किन्न नसक्नेका लागि पनि बैंकको क्रेडिट कार्डको आधारमा फाइनान्स गरेर खरिद गर्न सकिने सापकोटाले बताए । उनको शोरुममा प्रिमियम ब्राण्डका मात्र सवारी पाईने भएकाले शोरुम खोलेको २० दिनमै ६ वटा स्कुटर बेच्न आफु सफल भएको र आफुले सोचेको भन्दा राम्रो गर्न सकेको भन्दै खुसी व्यक्त गरे ।

होर्विन सीआर ६

नेपालका लागि होर्विन इलेक्ट्रिक उत्पादनको आधिकारिक वितरक रहेको पायोनियर वर्ल्ड वाइडले नेपाली बजारमा प्रवेश पाएको छ । कम्पनीले नेपाली ईभी सेग्मेन्टमा तीन मोडलहरू समावेश गरेको छ । जसमा होर्विन सीआर ६, होर्विन एसके ३ र होर्विन इके १ रहेको छ । यसको इन्जिन ५.३ kW FOC रहेको छ भने , ब्याट्री ४ kWh (72V53Ah) रहेको छ । ब्याट्री, मोटरमा २ वर्षको वारेन्टी रहेको यसको कन्ट्रोलर, चार्जर, फ्रेम र तारिङमा भने एक वर्षको वारेन्टी रहेको छ । यसले पीक पावरस् ६.२ किलोवाट र पीक टर्कस् २६० एनएम दिनेछ । कम्पनीले विभिन्न कालो, सेतो, हरियो र निलो रङमा भित्र्याएको यस मोटरसाइकलको लुक्स नयाँ र आर्कषक देखिन्छन् ।

लिथियम आयन नाम गरेको ब्याट्रीको दायरा भने १५१ किमी रहेको छ । फास्ट चार्जिङबाट ३ देखि ४ घण्टामा फुल चार्ज हुने यस मोटरसाइकलले एक पटक फुल चार्ज गर्दा करीब ४ युनिट सम्म विद्युत खर्च हुनेछ । द्रुत गतिमा कुदाउदा भने ९५ किमी प्रति घण्टा चल्नेछ । ट्यूबलेस टायर रहेको छ भने सिट उचाइ ८७० मिमी रहेको छ । यस चलाउन एकदमै सजिलो यस मोटरसाइकलको वजन बिना ब्याट्री १०७ केजी रहेको छ । त्यस्तै यसको लाइटहरु पूर्ण एलईडी प्रणालीमा रहेको छ । नेपालमा होर्विन सीआर ६ को मूल्य रु.६ लाख ५० हजार रुपैंया मात्र पर्छ । विद्युतीय सवारी किन्न चाहनेका लागि भने फुल क्यास तिरेर किन्न सकिने छ ।

होर्विन एसके ३

होर्विन कै अर्के ब्राण्ड होर्विन एसके ३ स्कुटर ४.० किलोवाट केन्द्र इलेक्ट्रिक मोटरद्वारा संचालित छ । यसले ६.३ किलोवाटको अधिकतम पावर र ९६ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ। साथै, यो ९० किलोमिटर प्रतिघण्टाको टप स्पीडमा पुग्न सक्छ । यो एक ७२ भि३६ए एच लिथियम आयन ब्याट्री द्वारा सञचालन गरिएको छ । यो ८०र९० किलोमिटरको दाबी दायराका साथ चार घण्टामा मात्र पूर्ण चार्ज हुन सक्छ। यस स्कुटरको मुल्य नेपालमा करिब ४ लाख ७५ हजार रहेको छ भने यो एकल भेरियन्ट विकल्पमा उपलब्ध छ। यसको पनि ब्याट्री, मोटरमा २ वर्षको वारेन्टी र कन्ट्रोलर, चार्जर, फ्रेम र तारिङमा एक वर्षको वारेन्टी दिएको छ ।

दोहोरो ब्याट्री राख्न मिल्ने यस स्कुटरमा ट्विन एलईडी रियर ल्याम्पको साथ शक्तिशाली एलईडी हेड ल्याम्प,एप्रन एकीकृत एलईडी साइड संकेत,ठूलो एलसीडी डिजिटल डिस्प्ले, विरोधी चोरी प्रणाली, क्रूज नियन्त्रण, दुई तहको सिट र सीबिएससंग दोहोरो डिस्क ब्रेकिङको पनि विशेषता रहेको छ ।

मिकु ब्राण्ड

नेपालमा माइक ई बाइकको आधिकारिक वितरक कालिबर अटोले नयाँ विद्युतीय मोटरसाइकल ल्याएर नेपाली बजारमा प्रवेश गरेको छ । कम्पनीले हाल दुईवटा म्याक्स र सुपर मिकु मोटरसाइकलहरु ल्याएको छ । दुवै मोटरसाइकल डिजाइनका हिसाबले आकर्षक छन् ।

यसको लाइनअपको तुलनामा, मिकु म्याक्स नेपालमा सबैभन्दा सस्तो मिकु ई ( मोटरसाइकल हो। त्यसैगरी मिकु सुपर नेपालको सबैभन्दा महँगो मिकु इ– मोटरसाइकल हो ।

मिकु सुपर

मिकु सुपरको नेपालमा ३ लाख ९६ हजार ९०० रुपैंया पर्दछ । यसको यसको तीन हजार वाटको मोटर रहेको हुन्छ भने ब्याट्री ७२ भी २ ० ए एच (२ रहेको छ । त्यस्तै,१३५ किमीको दायरामा चल्ने यस विद्युतिय मोटरसाइकलको शीर्ष गति भने ८० किमी प्रति घण्टा रहेको छ । यसलाई चार्ज गर्न ४ घण्टा समय लाग्नेछ ।

ट्यूबलेस टायर रहेको उक्त मोटरसाइकलको सेतो, कालो, रातो, निलो र पहेंलो रङमा उपलब्ध छन् । दोहोरो ब्याट्री कन्फिगरेसन, एलईडी लाइटहरु भएको, सीमाविहीन डिजिटल उपकरण मीटर, सी(आकारको स्टील बडी फ्रेम, क्रूज नियन्त्रण, डुअल डिस्क ब्रेकिङ लगाएतका विभिन्न सुविधाहरु यसमा रहेको छ ।

मिकु म्याक्स

मिकु म्याक्स एक बोच एफओसी मोटर द्वारा संचालित छ । यसले ४५ किलोमिटर प्रतिघण्टाको उच्च गतिको साथ ८००वाटको अधिकतम पावर उत्पन्न गर्न सक्दछ । यसमा एलईडी लाइट रहेको छ भने सी–आकारको स्टील बडी फ्रेम, क्रूज नियन्त्रण,डुअल डिस्क ब्रेकिङ लगाएतका विशेषता रहेको छ ।

यो एक ६० भी २० ए एच लिथियम ब्याट्री संग आउँछ। यसबाहेक, यसले ४ घण्टामा फुल चार्ज गरी ६० किलोमिटरको दायरा प्रदान गर्न सक्छ। मिकु म्याक्सको नेपालमा मुल्य २ लाख २४ हजार ९०० रुपैंया पर्छ भने मिकु नेपालले ब्याट्री र मोटर दुबैमा २ वर्षको वारेन्टी दिने छ।

मोटर पावरका आधारमा मिकु बाइकमा वार्षिक कर २५० वार्ड देखि १००० वार्ड सम्मको लागि रु.१५०० रुपैयाँ लाग्छ । १५०१ वार्ड भन्दा माथिका बाइकले रु ३००० रुपैयाँ बार्षिक कर तिर्नु पर्ने हुन्छ । यी सबै विद्युतीय मोटरसाइकल र स्कुटर किन्न चाहनेले मिकु शोरुम नक्साल र हरर्विन नेपालको शोरुम नक्साल काठमाडौंमा गएर किन्न सकिने छ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार १४:२९