अायो छ्याङ्दी हाइड्रोको आईपिओ,कहाँबाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अायो छ्याङ्दी हाइड्रोको आईपिओ,कहाँबाट दिने आवेदन ?



काठमाडौं, २० पुस  । छ्याङ्दी हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि २ करोड ७० लाख रुपैयाँ बराबरको २ लाख ७० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले बुधबार आजदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि उक्त शेयर निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाबासीका लागि निष्काशन गरेको शेयरको ४० प्रतिशत अति प्रभावित फलेनी र बंसार गाविसका लागि, ४० प्रतिशत चिटी, ढोडेनी र नउथर गाविस र बाँकी २० प्रतिशत अन्य लमजुङ बासीका लागि शेयर निष्काशन गरेको हो ।

सर्बसाधारणले प्रति कित्ताको १०० रुपैंयाको दरमा न्यूनतम ५० कित्ता देखि एक हजार कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको शेयरमा पुस २० देखि छिटोमा माघ ५ र ढिलोमा माघ २० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित : २० पुष २०७३, बुधबार ०५:१३