दुई पुर्व सहकारीले मन्त्रीले कति मतले जिते ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

सहकारी

दुई पुर्व सहकारीले मन्त्रीले कति मतले जिते ?



काठमाडाै । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा ९एमाले०का सूर्य पाठकलाई पराजित गरेका हुन् ।

केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए । एमालेका पाठकले १८ हजार आठ सय २५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार एक सय ८१ मत प्राप्त गरेका छन्।

उमेरले ८० वर्ष पुगेका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाल रह्यो । विसं २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित भएका केसी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका थिए । केसीको यो चौथो पटकको संसद यात्रा हो ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन्। उनले ३४ हजार ६२५ मतले विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाएका छन्।

थानीले ५ हजार ६७ मतको अग्रताले जित हासिल गरेका हुन्। थानी र केसी दुबै पुर्व सहकारी मन्त्री हुन ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार २१:२१