कुमारी बैंक र एनसीसी बैंकबिच मर्जरमा जाने अन्तिम सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

कुमारी बैंक र एनसीसी बैंकबिच मर्जरमा जाने अन्तिम सम्झौता



काठमाडाैं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबिच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ । आज कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा मर्जरमा जाने अन्तिम सम्झौता भएको हो।

दुबै बैंकका संचालक समितिहरुले १:१ अनुपातको शेयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ । गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको लागि मिति २०७९/०६/१० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदनसमेतको आधारमा संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) निर्धारण गरी संचालक समितिको अनुमोदनको लागि सिफारिस गरे अनुरुप दुवै बैंकको संचालक समितिले शेयर आदान प्रदान अनुपात १:१ कायम गर्ने गरी Share Swap Ratio स्वीकृत गर्ने निर्णय गरिसकेको छ ।

यस सँगै अब दुवै बैंकले साधारणसभा आह्वान गरेर मर्जर प्रस्ताव पारित गर्ने छन् ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार ०८:१३