सुनको मुल्य तोलाको एक हजारले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलाको एक हजारले बढ्यो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। छापावाल सुनको मुल्य बुधबार प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार ११:३६