आइएमई पे र मेरो किरानाबीच छुट सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आइएमई पे र मेरो किरानाबीच छुट सम्झौता



काठमाडौं। आइएमई पे र मेरो किरानाबीच छुटसम्बन्धी सम्झौता भएको छ। मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकले मेरो किरानाको वेबसाइट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्यूआर स्क्यान गरी १५५ छुट (एकपटकमा अधिकतम रु. ३०० सम्म) प्राप्त गर्न सक्नेछन्। यद्यपि ग्राहकले महाबचत सेल विकमा मात्र नभई कुल रु. ६०० सम्मको छुट पाउन सक्नेछन्।

आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौतापश्चात नेपाली जनतालाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन्।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार ११:५०