सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले मंसिर ८ गते बिहीबार देखि ७ हजार १५० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । सेयरको मुल्य प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले यसलाई न्यूनतम आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । सेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १०० देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ ।

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले मंसिर २५ गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु , काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार १२:३२