चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक



काठमाडौं । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको यस अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले मुख्य प्रायोजन गरेको छ ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र लोक दोहोरी विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले बताएका छन् ।

सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

यस्तै, नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन् ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार १३:५२