शेयर बजार दाेहोरो अंकले बढ्दा, कारोबार रकम घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजार दाेहोरो अंकले बढ्दा, कारोबार रकम घट्याे



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहीबार दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से ११.५६ अंकले बढेर एक हजार ९ सय ३३ दशमलब ५५ विन्दुमा पुगेर बन्द भएको हो ।

आज सेन्सेटिभ इण्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक बढेको छ। त्यस्तै, आज शेयर बजारमा सुधार देखिएपनि कारोबार रकम भने घटेको छ। आज नेप्सेमा ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका २३२ कम्पनीमध्ये १२४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, १७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।

यसमध्ये पनि आज दुई कम्पनीको शेयरमुल्यमा उच्च अंकले बृद्धि भएको छ । जसमा घलेम्दी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ६.८३ प्रतिशतले बढेर प्रतिकित्ता २१९ रुपैयाँ पुगेको छ भने आरएमडीसी लघुवित्तको शेयर ६ प्रतिशतले बढेर प्रतिकित्ता ८८४ रुपैंया पुगेको छ ।

नेप्सेका अनुसार आज किसान लघुवित्त वित्तीय संस्था र सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी साइन रेसुङगा बैंकको भएको छ । यसको आज ७ करोड ६२ लाख ४८ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार १५:४१