कुमारी बैंकको शेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको शेयर कारोबार फुकुवा



काठमाडौं । कुमारी बैंकको शेयर कारोबार फुकुवा भएको छ । एनसीसी बैंकसँग मर्जरको क्रममा रहेको बैंकको शेयर कारोबार फुकुवा भएको हो ।

नेप्सेका अनुसार बैंकको शेयर कारोबार बिहीबारको निर्णयबाट कुमारी बैंकको आधारभूत शेयरधनीबाहेक अन्य शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको हो। आगामी आइतबारबाट यस बैंकको शेयर कारोबारमा आउने छ ।

नेप्सेले मर्जर प्रयोजनका लागि गत असोज ११ गतेबाट कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का गरेको थियो। कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार १६:५०