समानुपातिकतर्फ एमाले र कांग्रेस प्रतिस्पर्धामा, स्वतन्त्र पार्टीले चार लाख मत कटायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

समानुपातिकतर्फ एमाले र कांग्रेस प्रतिस्पर्धामा, स्वतन्त्र पार्टीले चार लाख मत कटायो



काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । समानुपातिकतर्फ नेकपा एमालेले निरन्तर अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो स्थानमा रहेको कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ ।

जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार १०:३८