पश्चिम रुकुमबाट विजयी भएका अर्थमन्त्री शर्माको मतान्तर २६ हजार बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पश्चिम रुकुमबाट विजयी भएका अर्थमन्त्री शर्माको मतान्तर २६ हजार बढी



काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् ।

शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।

शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिएका छन् । निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिलै उनले निर्वाचनमा आफुले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टीसमेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाए ।

माओवादी केन्द्रका नेता अर्थमन्त्री शर्माले उत्पादन, रोजगार, समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरण अभियानमार्फत रुकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन साझा प्रयास हुने बताए । यसका साथै रुकुमेली जनताको अपेक्षाका साथै राष्ट्रिय आवश्यकता र कार्यभार पूरा गर्न इमानदारीपूर्वक प्रयास गर्ने उनले उल्लेख गरे ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार १०:५८