सुनको मुल्य स्थिर, चाँदीको घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीको घट्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेको हो।

योसँगै आज छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी मुल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार ११:५९