सरकारले भन्यो- ओरेण्टल सहकारीमा फसेको पैसा दाबी गर्न १५ दिन भित्र आउनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सरकारले भन्यो- ओरेण्टल सहकारीमा फसेको पैसा दाबी गर्न १५ दिन भित्र आउनुस्



काठमाडाैं । सरकारले ओरेण्टल सहकारीमा फसेको पैसा मागदाबी गर्न बचतकर्तालाई आह्वान गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै समितिको वेबसाइट मार्फत १५ दिनभित्र मागदाबी गर्न दोस्रोपटक आह्वान गरेको हो ।

सहकारीका बचतकर्ताको साँवा, ब्याज, सेयर र अपार्टमेन्टको समेत गरी १० अर्बभन्दा माथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको दाबी समितिको छ । २०७४ सालमा सहकारी मन्त्रिस्तरीय निर्णय गरी ओरेण्टललाई समस्याग्रस्त घोषणा गरिएको थियो ।

ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेपछि सात हजार ६ सय ४६ जनाले पैसा डुबेको भन्दै माग दाबी गरेका थिए । २०७४ चैत्र मसान्तसम्म ओरेण्टलले साँवाब्याजसहित निक्षेपकर्तालाई करीब १६ अर्ब १ करोड दायित्व भुक्तानी गर्नुपर्ने देखिन्छ । अध्यक्ष सुधीर बस्नेतले निक्षेपको सट्टा भक्तपुरको गुण्डुमा रहेको जग्गा दिने भन्दै दाबी गर्न सार्वजनिक सूचना नै जारी गरेर फकाउदै आएका छन् ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार १४:५६