असोज मसान्त सम्म जीवन बीमा कम्पनीले लघु बीमा लेखबाट ५७ करोड ८३ लाख आर्जन, सबै भन्दा बढी कस्को ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

असोज मसान्त सम्म जीवन बीमा कम्पनीले लघु बीमा लेखबाट ५७ करोड ८३ लाख आर्जन, सबै भन्दा बढी कस्को ?



काठमाडौं। जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्म लघु बीमा लेखबाट ५७ करोड रुपैयाँ भन्दा बढी आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्याङक अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १५ वटा जीवन बीमा कम्पनीहरुले ५७ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्।

यो अवधिमा लघु बीमालेखमा ४० लाख ७५ हजार ७ सय ७३ वटा सक्रिय छन् भने, नवीकरण बीमाशुल्कबाट ४ करोड ९ लाख ८४ हजार रुपैंया संकलन भएको छ । त्यस्तै, असोजमा मात्र ५ लाख ३ हजार ८ सय २५ वटा बीमालेखबाट १८ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो। साथै, एक करोड ५१ लाख ९१ हजार रुपैंया असोज महिनाको नवीकरण बीमाबाट संकलन भएको थियो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सबैभन्दा धेरै लघुबीमालेख नेशनल लाइफ इन्स्योरेन्समा सक्रिय छन्। यस कम्पनीमा ११ लाख १० हजार वटा बीमालेख जारी भएका छन्। यसको कुल लघुबीमा शुल्क भने १९ करोड ३५ लाख रुपैंया भन्दा धेरै उठेको छ ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सले कुल सक्रिय रहेको १० लाख ८८ हजार वटा बीमालेखबाट १३ करोड ४० लाख ३४ हजार बीमाशुल्क संकलन गरेको छ ।

मेट लाइफमा यस अवधिमा ३ लाख ३६ हजार १ सय १६ वटा बीमालेख सक्रिय छ। उक्त बीमालेखबाट ६ करोड ५९ लाख भन्दा धेरै बीमाशुल्क कमाएको हो।

रिलायन्स लाइफबाट यस अवधिमा ९ लाख ६९ हजार सक्रिय बीमालेखबाट ५ करोड ५७ लाख ४४ हजार रुपैंया लघुबीमा शुल्क उठाएका छन् ।

सुर्या लाइफबाट कुल बीमालेख २ लाख १८ हजार सक्रिय छन् । यसको बीमालेखबाट ४ करोड ४७ लाख रुपैंयाभन्दा बढीको बीमाशुल्क संकलन गरेको छ ।

सानिमा लाइफमा एक सय ७४ वटा बीमालेख जारी छ। कम्पनीले ४८ हजार रुपैयाँ आर्जन गरेको छ।

रिलायबल नेपाल लाइफमा ७ हजार ७ सय ४७ वटा सक्रिय बीमालेख रहेको छ भने , यसबाट ३३ लाख ४६ हजार बीमा शुल्क उठाएका छन् । आइएमई लाइफमा २ हजार ९ सय ८६ वटा बीमालेख सक्रिय छन्। उक्त कम्पनीबाट ३५ हजार बीमा शुल्क संकलन भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्समा एक लाख १२९ हजार ७ सय २५ वटा बीमालेख सक्रिय छन्। कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा एक करोड ८४ लाख रुपैयाँ बढीको बीमा शुल्क संकलन गरेको छ।

महालक्ष्मी लाइफमा १२ हजार ३ सय ३२ वटा बीमालेख सक्रिय छन् भने यसको कुल बीमाशुल्क ४ करोड १९ लाख रुपैंया बराबरको आर्जन गरेका छन् ।

त्यसैगरी, सन नेपाल लाइफमा एक लाख ५ हजार ५ सय ४४ बीमालेख सक्रिय रहेकोमा एक करोड ५१ लाख ९८ हजार रुपैंया कुल बीमाशुल्क संकलन गरेका छन् ।

गुराँस लाइफमा एक सय १८ बीमालेख सक्रिय रहेका छन् भने यसको कुल बीमाशुल्क १९ हजार उठाएका छन् । साथै, एशियन लाइफमा ७४ हजार ५ सय ४० सक्रिय बीमालेखबाट २४ लाख ४६ हजार शुल्क, लाइफ इन्स्योरेन्स कर्पाेरेशनको १७ हजार ८ सय ९८ सक्रिय बीमालेखबाट १५ लाख ४० हजार कुल बीमा शुल्क, नेपाल लाइफबाट ९ सय ३६ बीमालेखको १३ लाख २७ हजार लघुबीमा शुल्क संकलन गरेका छन् ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार १५:१४