मेक्सिकोलाई हराउदै अर्जेन्टिना विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मेक्सिकोलाई हराउदै अर्जेन्टिना विजयी



मेक्सिकोलाई हराउदै अर्जेन्टिना विजयी भएको छ । शून्यका विरुद्ध २ गोलले मेक्सिकोलाई हराउदै अर्जेन्टिनाले आगामी यात्रा तय गरेको हो ।लिओनल मेसीले अर्जेन्टिनालाई पहिलाे सफलता दिलाएका हुन।  उनले डि मारियाकाे पासमा  गाेल गर्दै मेक्सिकाेविरुद्ध अग्रता दिलाएका हुन्। 

मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हाे ।अर्जेन्टिनाका लागि लिओनल मेस्सीले खेलको ६३औँ मिनेटमा पहिलो गोल गरे । मेक्सिको निकै आक्रामक देखिए पनि गोल फर्काउन भने सकेन ।

खेलको ८७ मिनेटमा एन्जो फर्नान्डेजको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर बनाएको हो। मेक्सीकोविरद्ध उत्कृष्ठ गोल गर्दै मेस्सीले ६४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए ।

 

 

पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफको सुरुवातमा नै दुबै टिम आक्रामक देखिए ।समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजय बेहोरेको अर्जेन्टिना सामू जित्नै पर्ने दवाव थियो ।

प्रकाशित : ११ मंसिर २०७९, आईतवार ०२:४८