स्वावलम्बनका लगानीकर्ताको दुबै हातमा लड्डु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वावलम्बनका लगानीकर्ताको दुबै हातमा लड्डु



काठमाडाै २० पुस ।  स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभाले सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

बुधबार काठमाण्डौमा सम्पन्न वार्षिक साधारणसभाले यसअघि संचालक समितिले प्रस्ताव गरेको बोनस सेयर र नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।

यो लघुवित्त बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३२ करोड ३२ लाख ४० हजार खूद नाफा आर्जन गरेको थियो । यही वर्षको खूद नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांशको डबल अफर पारित भएको हो ।

साधारणसभाले वित्तीय संस्थाको हाल कायम अधिकृत पूँजी रु.५० करोडलाई बृद्धि गरी रु.१ अर्ब पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ  ।

यो संस्थाले चालु आ.व.को मंसिर मसान्तसम्म ४९ जिल्लाका १२३ कार्यालयबाट २ लाख ९ हजार ७ सय ४७ महिला सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा बैंकको लगानीमा रहिरहेको कर्जा रकम रु.६ अर्व ९९ करोड ३ लाख ११ हजार पुगेको छ । बैंकको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको वचत यस अवधिसम्ममा रु.३ अर्व ४२ करोड ९८ लाख ५२ हजार रहेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको बैंकको अधिकृत पूँजी रु.५० करोड रुपैयाँ छ ।

साथै, यसै साधारण सभाले जारी तथा चुक्ता पूँजी रु.४१ करोड ८५ लाख ८९ हजार कायम गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित : २० पुष २०७३, बुधबार १३:२७