सातवटा कम्पनीले पाए लघुबीमाको लाइसेन्स, कुन कुनले पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सातवटा कम्पनीले पाए लघुबीमाको लाइसेन्स, कुन कुनले पाए ?



काठमाडौ । नेपाल बीमा प्राधिकरणले सातवटा कम्पनीलाई लघुबीमाको लाइसेन्स दिने निर्णय गरेको छ । प्राधिकरणले लघुजीवन बीमा तर्फ तीन र निर्जीवन तर्फ चार लघुबीमा कम्पनीहरुलाई लासेन्स वितरण गरेको हो ।

प्राधिकरणकाअनुसार लघु जीवन बीमा ब्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमा रहेका छन् ।

त्यस्तै, लघु निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पाएका छन् ।

लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएका थिए । प्राधिकरणले भदौ १० गते एक सूचना जारी गर्दै लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको थियो ।

निर्वाचनअघि नै लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने प्राधिकरणको योजना रहे पनि निर्वाचन आयोगले स्पष्टिकरण माग गरेपछि उक्त प्रक्रिया रोकिएको थियो ।

प्रकाशित : ११ मंसिर २०७९, आईतवार १७:४८