विश्वकप फुटबलमा आज स्विट्जल्यान्डसँग ब्राजिल तथा उरुग्वेसँग पोर्चुगल भिड्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

विश्वकप फुटबलमा आज स्विट्जल्यान्डसँग ब्राजिल तथा उरुग्वेसँग पोर्चुगल भिड्दै



काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्विया आमनेसामने हुँदैछन् । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । त्यस्तै, आज हुने दोस्रो खेलमा समूह ‘एच’ का दक्षिण कोरिया र घानाबीच भीडन्त हुनेछ ।

उक्त खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा ब्राजिल र स्विटजरल्यान्ड आमनेसामने हुनेछन् ।

समूह ‘जी’ का ब्राजिल र स्विटजरल्यान्ड बीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । त्यस्तै, आजै हुने अन्तिम खेलमा समूह ‘एच’ को पोर्चुगल र उरुग्वेबीच भीडन्त हुनेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार १३:५६