प्रभु बैंकको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रभु बैंकको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत



काठमाडौं। प्रभु बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। राष्ट्र बैंकले मंसिर १२ गते सोमबार प्रभु बैंकको लाभांश स्वीकृत गरेको हो।

प्रभु बैंकको सञ्चालक समितिको गत मंसिर १ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँको कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश बैंकले स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो।

जसमा ६.५ प्रतिशतले हुन आउने ८२ करोड ६० लाख ६५ हजार ७७१.३८ रुपैयाँबराबरको बोसन सेयर र १.५ प्रतिशतले हुन आउने १९ करोड ६ लाख ३० हजार ५६२.६३ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने करसहित) छन्।अब प्रभु बैंकले आफ्नो वार्षिक साधारणसभाबाट लाभांश पारित गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलवार ११:३२