सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीको धनगढीमा आयोजित एक कार्यक्रमबीच मृत्युदावी रकम भुक्तानी गरेको छ। बीमित स्व. धनबहादुर खत्रीले वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए। उनको गत असोज १३ गते मलेसियामा निधन भएको थियो।

खत्रीको निधन भएकोले बीमितले इच्छाएको व्यक्ति पत्नी सुशीला खत्रीलाई किरिया खर्च, बीमांक रकम, अन्य आय नोक्सानी र शव ढुवानी खर्च गरी जम्मा रकम रु. १४ लाखको चेक कम्पनीका धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमसर्वसाधारण र अभिकर्ताहरुको उपस्थिति थियो। कार्यक्रममा जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए।

प्रकाशित : १३ मंसिर २०७९, मंगलवार १२:२०